Monday, 13 September 2021
कोभिड-१९
कोभीड –१९, विज्ञान प्रविधिलाई चुनौति
सारै फुर्सदिलो भइयो! लक डाउनमा परेको पनि एकहप्ता भइसकेको छ । के गराँै के गरौँ भयो । एक
दुई दिन सम्म त घरकै काममा व्यस्त भइयो । कोरोना संक्रमण बढ्दै गएपछि समाचार तिर ध्यान गयो
। अनलाइन समाचार पनि पढियो र पढिदैछ । केहि लेख रचना पनि पढियो। कति त शीर्षक मात्र
पढेर छोडियो । सामाजिक सञ्जालमा पनि नयाँ नयाँ अपडेटेट समाचारहरू आईरहेका छन्। त्योपनि
छुटाउने कुरो भएन । हेर्दै जादा २÷४ दिन पछाडीत सामाजिक सञ्जालमा धेरै कविता, लेख, गीत,
गजल र पेट मिचिमिचि हाँस्नेखालका जनचेतना मूलक जोक पनि आउन थाले । यसले मेरो पनि
दिमाग तताउन थाल्यो । कविता पो लेख्नु पर्यो भनेर विचार गरे । दुई चार लाइन लेखेतर आफैलाई
मन परेन । गीत पो गाउ की भन्ने लाग्यो । त्यो पनि चित्त बुझेन । सधै व्यस्त रहने अभ्यस्त भएको
जीवन शैलीमा त्यतिकै वस्न पनि गाहृो हुदोरहेछ । केही लेखँु कि जस्तो लाग्यो । फेरी त्यति लेख्ने
अभ्यास पनि छैन, स्तरीय पो नहुने हो कि, आफ्ना गुरुवर्गले , विद्यार्थी , साथीभाइले पढेर के भन्नुहोला
जस्तो लाग्यो । आफूलाई भित्रभित्रै लाज लाग्यो । आ.......जस्तोसुकै होस्लेख्न चाहिँ मनमा लागेको
लेख्नै पर्योभन्ने सोचले जित्यो। स्तरीय भएन भने पनि म आफ्नो ल्यापटमा नै सिमित राखुला भन्ने
लाग्दै आफ्नो भावना ल्यापटप मार्फत पोख्दै गर्दा एकजना साथीको लामो स्टाटस फेसबुकमा देखँे अनि
पढँे । त्यसमा लेखिएका कमेन्ट पढे । सकरात्मक कमेन्टले मलाई उर्जा मिल्यो र यो फुर्सदको समयलाई
सदुपयोग गर्ने विचार गरेर सबै समक्ष ल्याउने जमर्को गरेकी छु । तपाईँलाई पनि त्यतिकै वसीरहन
अल्छी लागेको होला । यो मेरो पहिलो अनुभव पढि दिएर मार्गदर्शन गर्दिनु हुन्छ की ! यति लामो
कहानी गरी के के नै होला भनेर धेरै ठुलो आसा चै नगर्नु होला...........
धेरै प्रयोगमा आएकोसबैलाई भाइरल बनाउन सहयोग गर्ने सामाजिक सञ्जालबाटनै मलाई पनि सुरु
गर्न मनलाग्यो । समयमा मानिसहरु आफ्ना विचार भावना साटासाट गर्ने थलो सामाजिक सञ्जाल
भएको छ । आफ्नो भावना सहि हुन वा गलत आफूले सम्प्रेषण गरेका सूचना के हो ? यसको दुरगामी
असर के हुन्छ भनेर राम्रो नाम चलेका सञ्चारमाध्यमहरूले पनि ख्याल गरेको पाउदिन । कोरोना
भाइरसको प्रसङ्गलाई लिएर सञ्चार माध्यमहरूले गलत सूचनाहरू प्रसारण गरेकोहाम्रो सामु ताजै
छ । यसले गर्दा सहि सूचना पाउने हाम्रो मौलिक हकको हनन्भएकोमहशुस भएको छ । यसको
कारण, आइ.टी. पोलेसी र साइवर आचारसंहिताको प्रभावकारी कार्यान्वयन नहुनुहो। अहिले
अनलाइन यूजरहरुको मक्सत आफूले गरेको पोष्टलाई जसरी पनि भाइरल बनाउनेमा केन्द्रित भएको
देखिन्छ । तर यो समय भनेको भाइरस बाट बच्ने हो,भाइरल बनाउने होइन ।
अहिले हामी लकडाउनमा रहेको अवस्था छ । एकछिन सोचौ त.......! आजकै यहि अवस्थामा हामीसँग
स्र्माट फोन हातमा र इन्टरनेटको सुविधा साथमा नहूदो हो र यसरी नै लकडाउनमा वस्नु परेको भए
?हामीलाई कति कठीन र उकुस, मुकुस हुनेथियो होला । धन्य छ कोरोना तिमीलाई पनि । प्रविधिको
उच्चतम प्रयोग भएकै वेला तिम्रो अगमन भयो। हामीलाई अलिकति भएपनि सहज छ र सरकारको लकडाउनको आज्ञा पालना भइरहेको छ । तिमी भनेफैलिरहेका छौर तिमीलाइ पनि संसारले चिनेको
छ । कोरोना भाइरस तिमिलाई भाइरल बनाउन पनि यहि प्रविधिले सहयोग गर्यो । घरै भीत्र बसेपनि
हामि सञ्चार सम्पर्क विहिन हुनु परेको छैन । हामीले चाहेअनुसार आफ्ना आफन्तासँग फोनमा कुरा
गर्न पाएका छौ। भिडियो कल गर्न पाएका छौ तिमि आउनु भन्दा अगाढी हामीसँग काहाँ यति धेरै
फुर्सद थियो र ? मोवाइल फोनमा लिएको भ्वाइस प्याक पनि त्यतिकै कति पटक खेर गएको थियो ।
घर परिवार सगै बसेर खाना खान नपाएको पनि कत्ति भइसकेको थियो । अझ भन्नु पर्दा त परिवारका
सदस्यलाई भन्नु पर्ने अति आवस्यक कुरा पनि भन्न नपाएर त्यसको गलत परीणाम भोग्नु परेको पनि
थियो। यति अवसर दिइयौतथापी तिम्रोआगमनलाई वहिस्कार गर्नुपरेको छ । तिमीलाई सधैको लागि
विदा गर्न हतार गदैँ छौँ । किनकी तिम्रा धेरै डरलाग्दा रुप देखिदैछ ।
अहिले आफू जस्तो परिस्थितिमा भएपनि......तपाँइलाई कस्तो छ ? लक डाउनमा नै हो नी ?
भन्न पाएका छौ । हाम्रो व्यस्त समयको कारणले गर्दा आफ्ना भावनाहरू साटासाट गर्ने मौका मज्जले
पाएका छाँै। घण्टौ सम्म भिडीयो कल गरेर बोल्न पाएका छाँै। यो अवसर हामीलाई कसले दियो त ?
आफ्ना लेख रचना, कविता पढ्न, पोष्टगर्न, कमेन्ट गर्न पाएका छौ । यहि मौकाले हामी मध्ये कसैलाई
कवि, कसैलाई गायक, कसैलाई लेखक बनाउदै छ । सायद अलिकति समय पाएर नै होला मैले पनि
आफ्नो भावना सबै सामू व्यक्त गर्न प्रयासमा छु ।
विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई हामीले स्वीकारेकै हो । मानिस भैगोलिक रुपमा जति
टाढाभएपनि संसारका जुनसुकै कुनामा रहेका मानिसको आवस्था के छ भनेर क्षण भरमा पत्ता लगाउन
सकिएकै हो। माउसको एक क्लिक बाट संसारलाई नजिक ल्याएकोकुरा सत्य हो। मानिसलेविकास
गरेकोप्रविधिलेके गरेकोछैन ? विकसित मुलकले के गर्न चाहि बाँकी छ ? चन्द्रमामा पुगे, संसारलाई
क्षण भरमा ध्वस्त पार्ने एटम बम बनाए, रोवट बनाए, गर्भकोकुरा पत्ता लगाउने भए, जेण्डर परिवर्तन
बाट इच्छा अनुसार म २ ÷४ वर्ष छोरो, अनि फेरी २÷४ वर्ष छोरी भएर जिउनु पर्यो भन्ने इच्छा
पनि पूरा गर्न सक्ने भएकै हो । प्राकृतिक सत्य कुराहरू लगभग हराई सकेको थिए । विश्वका अति
विकसित मूलकहरूले विकासभन्दा पर के हुन्छ भनेर खोज्न थालीसकेका थिए । संसारमा बाँकी कामै
अब के छ होला जस्तो भइसकेकै थियो । विकासको सिमा नाघिसकेका मुलुकले संसारमाथि विजय प्राप्त
गरीसकेका छौँभन्ने ठानीसकेका थिए ।सायद तेही भएर होला यो भाइरसको भयाबह स्थितिमा पनि
न्यूयोर्कमा हत्तपत्त लकडाउननै भएको छैन । यो कोरोना भाइरसले तिनिहरूको आँखा खोलिदिएको
हुनुपर्छ र सँगैयो पाठ पनि सिकाएको हुनुपर्छ की पैसा र अहंकार भन्दा ठूलो अरु कुनै वस्तु पनि यो
पृथ्वीमा हुनेरहेछ । जुन प्रकृतिले आफै सृजना गर्दाे रहेछ । मै हूँ भन्ने देशहरू पनि आज हामीलाई
तपाईँको पनि साथ र सहयोग चाहिन्छ भन्न थाले । संसारका सर्बशक्तिमान मुलुक गली सके । संसार
एउटा हत्केलामा अटाउछु भन्ने विज्ञान र प्रविधि आज विश्व आतंकित हँुदा पनि मौन छ । ं तपाँइलाई
पनि त लाग्दो होला नी संसारका महान वैज्ञानिक के हेरेर वसेका छन्यो बेला ? गर्न त केहि गर्दै
होलान तर यति ठुलो संख्यामा मान्छेको विनास हुदा उनीहरूको सोच कता पुगेको छ ? कोभिड— १९
सँग प्रतिस्पर्धा गर्ने क्षमता खै राखेकोत ? चीनको उहान बाट डिसेम्वर २९ का दिन जन्मिएको कोभिड—१९ को न्वारान गर्न मात्र भ्याए । यो यति छिटो जवान भएछ की यसलेआफ्नो परिचय दिदै
इरान,इटाली, दक्षिण कोरिया, हुदैलगभग यसले संसारका सबै मुलुक भ्रमण गरिसकेको अवस्था छ ।
यसले आफ्नो क्षमता देखाई सकेको छ । विश्वका वैज्ञानिकहरूलेयो भाइरसका बारेमा धेरै कुरा पत्ता
लगाउन सकेका छैनन्। यत्रो ठुला ठुला आविस्कारक, वैज्ञानिक, अनुसन्धाता भएको विश्वमा सबै
लाग्दा पनि एउटा नाथे कोरोना भाइरस को भ्याक्सिन पत्ता लागेको छैन । मलाई त लाग्थ्यो यो चीनमा
नै समाधान भैहाल्छ नी । तर किन ढिलो भैराखेको छ ? एउटा भाइरसलेविश्वलाई कति तहस नहस
पार्दो रहेछ । यति धेरै विश्वका वैज्ञानिकहरू के हेरेर वसेका छन्भन्नु जस्तो । सारा मानिसलाई अचम्म
लाग्ने यो कोरोनाको नाटक सुन्दा । कसैको ज्यानै लिने, कसैकोमा चाहि देखा मात्र पर्ने, कसैलाई थाहा
नै नहुने जस्ता समाचार पनि सुनिन्छन्। कसैलाई लक्षण नै थाहा नपाई निको हुने सुन्दा त यो केही
होइन यस्तो नाथेभाइरस जस्तो लाग्छ । फेरी इटाली, स्पेन, अमेरिकाको भयाबह स्थिति समाचार
मार्फत सुन्दा आफैलाईृ अत्यास लाग्छ । खै के बुझ्ने ? यो भाइरस त्यति जटिल प्रकृतिको त होइन
रहेछ तर पनि यसको समाधानमा किन पुग्न सकिएन ? समाचार सुन्दै छौँ वेलायतका राजकुमार
जस्तालाई पनि यसले छोडेन । संसारकै मँै हु भन्ने देशले पनि आज आएर उनिहरूलाई कोरोनाले
आफ्नो सतहमा ल्याइदिएको छ । औषधी पत्ता लाग्दै छ भन्ने सुनेको पनि निकै भयो तर खोइ त ?
यो भाइरसले सबै देशलाई आर्थिक, सामाजिक, सास्कृत, राजनैतिक सबै पक्षमा नकरात्क प्रभाव
परेको सँगै नेपाल पनि यस्तो नकरात्मक प्रभाव बाट अछुतो हुन सक्ने कुरै भएन । यो कोरोनाले के
गरेन र अतिथि देवो भव भन्ने हाम्रो सस्कार आज रातारात तपाँई हाम्रोघरमा पनि नआउनु म
तपाँइको घरमा पनि आउदिन भन्ने अवस्था आएको छ । मर्दा र बाच्दाका हाम्रा सस्कारहरू पनि सबै
तहस नहस भैसकेका छन्। यो कसैको रहर होइन । यो सबैको बाध्यता हो । कतै हाम्रो जीवन शैलीमा
नै आमूल परिवर्तन त हुनेहैन? हामी अव कति दिन लक डाउमा वस्नुपर्ने हो ? यसको भ्याक्सिन बन्ला
नबन्ला ? हामी मध्ये कतिलाई कोरोनाले लैजाने हो ? कति रहुला कति नरहुला त्यो भविस्यले बताउला
। सामाजिक सञ्जालमा एउटा स्टाटस भेटेको थिए त्यहाँ भनिएको थियो । यदि तपाँई घरमै वस्नुभयो
भने २०७८ सालको जनगणनामा पर्नु हुन्छ वस्नु भएन भने पर्नुहुन्न । मलाई विश्वास छ कि म त्यो
जनगणनामा पक्कै पर्दछु। किन कि म घर भीत्र नै बसीरहेकी छु। कारण, भोलि मलाई हजुरहरूसँग
भेटेर कोरोना माथिको विजयको बारेमा लामो भलाकुसारी गर्नु छ । म तपाँइलाई पनि यहि अनुरोध
गर्दछु ।
धर्मकुमारी कालाखेती (भण्डारी)
सन्दरहरैँचा —१२, मोरङ, नेपा
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment